वीरगञ्‍ज महानगरको चौथो नगर सभा शुरु, तीन प्रस्ताव पारित

वीरगञ्‍ज- वीरगञ्‍ज महानगरपालिकाको चौथो नगर सभा शुरु भएको छ। सोमबारबाट सुरु भएको नगरसभामा महानगरका मेयर विजयकुमार सरावगीले उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुलुक सघीयताको प्रसव पीडाबाट गुज्रिरहेको बताए।

उनले भने, ‘ मुलुक सघीयताको प्रसव पीडाबाट गुज्रिरहेको छ। धेरै चुनौतीहरु छन् त्‍यही पनि महानगरले महानगरको विकास तथा जनताको सहज सुविधाको लागि प्रतिबद्ध भएर काम गरिरहेको छ।’

उनले महानगरले सञ्चालनमा ल्याएको कार्यक्रम तथा योजनाहरुलाई तदारुपताको साथ लागु गर्दै महानगरलाई सफा,स्वच्छ, हराभरा तथा विकसित महानगर बनाउने योजना अनुरुप नै महानगर अघि बढेको बताए। उनले भने, ‘ नगरसभामा नपसहरुले गरेको विरोधको शैली भएन।कुनै पनि मागहरुलाई राजनीतिकरण नगर्नुस्। सबै माग पूरा हुन्छ। महानगरले कर्मचारीको सबै माग पूरा गर्ने प्रतिवद्धता व्‍यक्त गर्दछ।’

उनले जायज मागमाथि छलफल गर्न र पूरा गर्न महागर तयार रहेको तर गलत र कानुन विपरीत मागहरुको विषयमा आफू र मानगर कसैसँग नझुक्ने जिकिर गरे। उनले भने, ‘नपसहरुले उठाएको बुँदामा वार्ता कमिटी गठन गर्छौ। र समस्याको समाधान गर्नेतर्फ पहल गर्छौ। तर नाजायज माग न त मैले नत्र महानगरले पूरा गर्न सक्छ।’

यस्तै वीरगञ्‍जकी उपमेयर शान्ति कार्कीले नगर परिषद सदस्यहरुले उठाएको मागबारे महानगर गम्भीर भएर सम्बोधन गरनु पर्ने बताइ्न। उनले भनिन् ‘नपसहरु महानगरकै परिवारको सदस्‍य हो। उनीहरुको कमी कमजोरी हुन सक्छन्। तर जायज माग तर महानगरले गम्भीर भएर ध्‍यान दिनुपर्छ।’

यता, महानगरका प्रमख प्रशाकीय अधिकृत डा.भीष्मकुमार भूषालले नगरसभाको सफलताको कामना गर्दै तथा महानगरको विनियोजित बजेटको समिक्षा गर्दै यस नगर सभामा पेश गरिने एजेन्डाहरुको पेश गरकेा थिए।

महानगरपालिकाको बन्द सत्रमा तीन वटा प्रस्ताव पारित भएको छ। सभाले पारित गरेको तीन वटा प्रस्तावमा छपकैया पोखरीको जग्गालाई सार्वजनिकीकरण गर्न राष्ट्रपति कार्यालयलाई लेखी पठाई पहल गर्ने,चालू आर्थिक वर्षमा माघदेखि व्यवसाय कर र एकीकृत सम्पत्ति करमा लाग्ने जरिवना चैत सम्म नलाग्ने र चालु आर्थिक वर्षको पूँजीगतको केही शिर्षकको रकम रकमान्त गर्ने प्रस्ताव बहुमतले पारित भएको वीरगंज महानगरले जनाएको छ।

सभामा उपस्थित गण पुरुक सदस्यहरुको बहुमतले उक्त तीन प्रस्ताव पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत भूषालले जानकारी दिए।

माघ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्