सेनाको रगतले सुत्केरीको ज्यान जोगियो

डोटी-दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ।

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो।

व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताए।

उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो।’ नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्