कर्ण शाक्यको नयाँ पुस्तक, कोष लोकापर्ण

‘जीवन जटिल मात्र छैन, सहज पनि छ’

कोष पुस्तक लोकार्पण गर्दै कवि तथा समीक्षक डा. गीता त्रिपाठी, शिक्षा सेवी उत्तम सञ्जेल तथा लेखक कर्ण शाक्य ।

काठमाडौँ – जीवनमा समस्या आउनु पर्ने र समस्याबाटै समाधानको खोज हुने लेखक तथा पर्यटन व्यवसायी कर्ण शाक्यले बताएका छन् ।

आफ्नो नयाँ पुस्तक ‘कोष–जीवनपछिको जीवन’ को लोकार्पणमा लेखक शाक्यले समस्याहरुबाट समाधानको खोजी र त्यस क्रममा गरिने भोगाइले नै जीवन बनाउने बताएका हुन् ।

उनले भने, ‘मेरा हरेक पुस्तक सकारात्मक सोचाईका सञ्चारको रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएको छु र यो नयाँ पुस्तक कोष पनि यसकै निरन्तरता हो । मैले भोगका कुराहरुको प्रस्तुति नै हो यो पुस्तक ।’

लेखक कर्ण शाक्य

फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकमा लेखकले आफ्नो जीवनका पछिल्लो छिमलका भोगाइलाई स्थान दिएका छन् । हरेक व्यक्तिको जीवनमा विभिन्न घटनाक्रम हुने तर त्यसको अनुभुति व्यक्तिको संवेदनशीलता अनुसार फरक हुने शाक्यले उल्लेख गरेका छन् ।

कोष पुस्तकमा आफ्ना भोगाइहरुको अनुभव आफ्नो संवेदना अनुसार व्यक्त गरेको उनले उल्लेख गरेका छन् । आफू शौखिन लेखक भएकाले यो समीक्षक वा साहित्यिक इतिवृत्तिका लागि भन्दा पनि केही गर्नु पर्छ भन्ने सोचको बिस्तारका लागि युवाहरुका लाग रहेको लेखक शाक्यले बताए ।

शिक्षा सेवी उत्तम सञ्जेलले लोकार्पण गरेको पुस्तक कर्मजीविका लागि रहेको उनले बताए । कर्मजीविका लागि लेखिएको पुस्तक रहेकाले कर्मजीवि जसले शिक्षामा काम गरेका छन् उनको हातबाट पुस्तक लोकार्पण गरेको शाक्यले बताए । कर्ण शाक्य जस्तोको व्यक्तिले लेखेको पुस्तक लोकार्पणको माध्यम आफू बन्न पाएको धन्य रहेको बताएका सञ्जेलले शिक्षामा गरिने लगानी देशमाथिको सबै भन्दा बलियो लगानी रहेको बताए ।

कवि तथा समीक्षक डा. गीता त्रिपाठी

कोष पुस्तकमाथि कवि तथा समीक्षक डा. गीता त्रिपाठीले बोलेकी थिइन् । नेपाली कवितामा पर्यावरण सम्बन्धमा विद्यावारिधी गरेकी कवि तथा समीक्षक डा. त्रिपाठीले पुस्तकमा लेखकले ‘जीवन जटिल मात्र छैन, सहज पनि छ’ भन्ने कुरा आफ्नो कर्म र लेखनमा प्रमाणित गरेको बताइन्।

फाइन प्रिन्टका अजित बरालले शाक्यका पुस्तक प्रकाशन गर्न पाउनु खुशीको कुरा रहेको बताए । शाक्यका पुस्तकमार्फत आफूहरु सकारात्मक सोचको बिस्तारमा लागि पर्न पाएको बताएका छन् ।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्