अब शिवसेनाको रणनीतिकार बन्‍नेछन् प्रशान्त किशोर

काठमाडौं-चुनीव रणनीतिकार एवं जेडीयूका राष्ट्रिय उपाध्‍यक्ष प्रशान्त किशोरले राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को सहयोगी शिवसेनाको लागि आगामी लवकसभा तथा विधानसभा चुनावमा रणनीति बनाउने प्रस्ताव दिएका छन्।

मंगलबार मुम्बइमा प्रशान्त किशोरले शिवसेना प्रमुख उद्धव ठाकरेसँग उनकै निवासमा भेटवार्ता गरेका छन्।भेटमा पार्टीका सबै सांसदको उपस्थिति थियो। तर उक्त बैठकमा भातीय जनता पार्टी (भाजपी)सँगको चुनावी चर्चा भने गरेनन्।

प्रशान्त किशोर तथा उद्धव ठाकरेको भेटवार्तामा शिवसेनाका सांसदले इन्डिया टुडेसँग कुराकानी गर्दै किशोरले आगामी चुनावमा बीजेपीलाई सन् २०१४ मा गरेको सहयोग जस्तै रातदिन नभनीकन सहयोग गर्ने बताए।

किशोरले सन् २०१३ सिटीजन फर एकान्टेबल गभर्नेन्सको माध्‍यमबाट प्रधानमन्त्री मोदीसँग युवा प्रोफेशनलहरुलाई जोड्ने काम गरेका थिए। किशोरको उक्त अभियानको बलमा आइबइटी, आइआइएम तथा अन्‍य विश्‍वविद्यालयका युवाहरु मोदीको चुनाव अभियानमा जोडिन सम्भव भएको थियो।

यता शिवसेनाका सांसदले पार्टी अध्‍यक्ष उद्धव ठाकरेले उक्त बैठकमा सबैसँग कवशोरको परिचय मात्र गराएनन्।महाराष्ट्रको स्थानीय मुद्दाको विषयमा उठान गराए। उनले शिवसेनाको प्रचार अभियान तथा मिडिया म्‍यानेजमेन्टको लागि रणनीतिक मद्दत गर्ने बताएका छन्।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्