योगी आदित्यनाथद्वारा सडकमार्गबाट गएर आमसभालाई सम्बोधन

एजेन्सी– उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मंगलबार पश्चिम बंगालको पुरुलियामा आमसभालाई सम्वोधन गरेका छन्।

हेलिकप्टरलाई पश्चिम बंगाल सरकारले अवतरणको अनुमति नदिएपछि योगी आदित्यनाथ सडक मार्गबाट गएर पुरुलियाको आमसभालाई सम्बोधन गरेका छन्।

मुख्यमन्त्री योगी झारखण्ड र बंगालको सिमानासम्म हेलिकप्टरबाट र त्यहाँबाट सडक मार्ग हुँदै उनले र्‍यालीलाई सम्बोधन गरेका हुन्।

यसअघि आइतबार बालुरघाटमा र्‍यालीलाई सम्बोधन गर्न गएका योगीको हेलिकप्टरलाई पश्चिम बंगाल सरकारले अवतरण अनुमति नदिएपछि मोबाइलबाट सम्बोधन गरेका थिए।

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्