बाघमारेलाई बाघको आक्रमण, बाघ गायब, गाउँले त्रसित

नेपालगञ्ज – उनलाई गाउँमा सबैले बाघमारे भनेर बोलाउँछन् । उनको वास्तविक नाम त विजय विसी हो । सोमबार चन्द्रबहादुर शाहीलाई बाघले आक्रमण गरेपछि बाघ भगाउन निस्केका तिनै बाघमारे अर्थात विजयलाई बाघले आक्रमण ग¥यो । घाइते बनायो।

बाघको आक्रमणबाट बाघमारेको शरीरका विभिन्न ठाउँमा घाउ भएको छ । अवस्था सामान्य रहेकाले उनको गाउँकै स्वास्थ्य चौकीमा उपचार भयो । फेरि रेविज हुन सक्छ भनेर मंगलबार नेपालगञ्ज आएर सुई लगाएर फर्किए।

घटना बर्दियाको बढैयाताल गाउँपालिका–२, सीतापुरको सोमबार साँझको हो । गहुँबारीमा बाघ देखेपछि दुई÷तीन जना युवाहरु ‘बाघ छ, बाघ छ’ भन्दै भागेका थिए । घरमा बसेका चन्द्रबहादुरले त्यो कुरा पत्याएनन् । उनी आफै कहाँ होला भनेर गहुँबारीमा गए । नजिक पुग्ने बित्तिकै भागले आक्रमण गरिहाल्यो । गम्भीर घाइते चन्द्रबहादुरको उपचारको क्रममा गएराती नेपालगञ्जको नर्सिङहोममा मृत्यु भयो।

चन्द्रबहादुरका दुई छोरा विदेशबाट आउदै गरेकाले अत्येष्टी गरिएको छैन । कतारमा रहेका दुई छोरा आइरहेका छन् । उनका एक छोरा गाउँमै छन्।

चन्द्रबहादुरले बाघ कहाँ होला भनेर नपत्याउदा आक्रमणमा परे। त्यसको एक घण्टापछि गाउँका सबै मानिसहरु बाघ दपाउन भनेर निस्किए । प्रहरी टोली पनि थियो । केही कुकुर बाघ रहेको ठाउँ नजिक पुग्यो । बाघले चाल नै गरेन। बाघ गइसक्यो भनेर साँझ साढे ६ बजेतिर विजय घटनास्थल नजिक पुगेपछि बाघले आक्रमण गरेको थियो । विजय पनि बाघ गइसक्यो/छैन भन्ने भनेर अगाडि बढ्दा आक्रमणमा परेका थिए।

जबकी प्रहरीलगायत गाउँलेले बाघ अझै त्यही छ अगाडि नजान विजयलाई सम्झाइरहेका थिए। ‘यतिबेलासम्म पनि कहाँ बाघ एकै ठाउँमा बस्छ ?’ भन्दै अगाडि बढ्दा बाघको झापु खाएका थिए।

रात परेका सोमबार निकुञ्ज तथा वनको टोली आएन । प्रहरीले माइकिङ गरेर बाहिर ननिस्किन गाउँलेलाई आग्रह ग¥यो । आसपासका गाउँले समेत रातभरी त्रसित भए । मंगलबार विहान १० देखि एक बजेसम्म खोज्दा बाघ भेटिएन । बाघ कतिबेला कता गयो पत्ता नै लागेन । निकुञ्ज, वन कार्यालयदेखि स्थानीय गरेर एक हजार बढी मानिसले बाघ खोजेका थिए ।

बाघ कता गयो भन्ने थाहा नहुँदा गाउँलेहरु झनै डराएका छन् । ‘निकुञ्ज या वन कार्यालयले समातेर लगेको भए गाउँलेहरु ढुक्क हुन्थे । राती कता गयो, कता गयो, गाउँलेहरु त्रसित भएका छन्, स्थानीय प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक लोकेन्द्रसिंह कार्कीले भने, राती आठ बजेसम्म त त्यही थियो । राती कता गयो थाहा नै भएन।’

डेढ महिना पहिला त्यही छेउमा बाघले निलगाई मारेको थियो । त्यो थाहा पाएपछि गाउँलेहरु आसपासमा बाघ रहेको भन्दै त्रसित नै थिए । सोमबार साँझ दुई जनालाई आक्रमण गरेपछि झन् डर बढाएको छ । ‘विहान–बेलुका हिड्न नै डर भएको छ । कति बेला कहाँनिर बाघ भेटिने हो भन्ने गाउँलेमा चिन्ता बढेको छ, स्थानीयहरुले एक स्वरमा भनेका छन्।

 

माघ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्