प्रदेश १ बाट पनि दिन थालियो पुनः श्रम स्वीकृति

काठमाडौँ – प्रदेश नम्बर १ बाट वैदेशिक रोजगारीमा जानेहरुलाई पुनः श्रम स्वीकृति प्रदान गर्न थालिएको छ ।

प्रदेश नम्बर १ को श्रम तथा रोजगार कार्यालयबाट बुधबारदेखि पुनः श्रम स्वीकृति प्रदान सुरु भएको हो ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले कतार जान लागेका विजय खड्कालाई पुनः श्रम स्वीकृति प्रदान गरेका हुन् ।

योसँगै सबै प्रदेशबाट पुनः श्रम स्वीकृति प्रदान गर्न थालिएको छ । अरु प्रदेशमा यसअघि नै यो सेवा सुरु भएको छ ।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू