अमिलो–पिरो ट्वाक्क। यही स्वाद लिन पारखीले चाट र पानीपुरी रोज्ने गरेका छन्। बाटैमा उभिएर चाट र पानीपुरी खाने धेरै भेटिन्छन्।यो यस्तो परिकार हो, घरको भन्सा कोठामा भन्दा पनी सडकमै खान रुचाने बढी हुन्छन्।
पूर्व पश्चिम राजमार्गको दाङ खण्ड स्थित लमही बजारमा पाईने चाट र पानीपुरीको स्वाद लिन पारखीहरु टाढा–टाढा बाट आउने गर्छन्। थोरै पैसामा पाइने र मिठो पनि उत्तिकै हुने भएकोले अधिकांश युवायुवती लगायत सबैको रोजाईमा चाट र पानीपुरी पर्छ। त्यसैले त, घरभित्र डाइनिङ टेबलमा बसेर मात्रै खाना खानेहरुसमेत बाटोमै उभिएर नास्ताको रुपमा चाट वा पानीपुरी खाईरहेका भेटिन्छन्।
ठूल्ठूला होटल र लजमा बसी महङ्गा परिकार खाने व्यक्तिलाई पनि आकर्षित गरिरहेको हुन्छ, बाटोघाटोमा राखिएका चाट र पानी पुरीले। दाङका बजारका चौक÷चौक, कुना तथा बाटो छेउमा यस्ता थुप्रै चाट पसलहरु सञ्चालनमा आएका देखिन्छन्।
कतिपयले भने घरमा वा कोठा भाडामा लिएर ब्यवस्थित रुपमा यो व्यवसाय गर्दै आएका छन्। तर अधिकांश चाट व्यापारीहरु ठेलामै चाट र पानीपुरी खानेकुरा घुमाइरहेका भेटिन्छन्।
यही मध्यका एक बिष्णु जैशवालले लमहीमा पानी पुरी र चाटको ब्यापार गर्न थालेको १३ बर्ष भयो। यो अवधीमा उनले धेरै नियमित ग्रहाक भेट्टाए।‘लमहीमा पाईने पानी पुरी र चाटको टेस्ट अन्न पाईदैन् भनेर खोजी खोजी आउछन्’उनले भने–‘अमिलो, पिरो मन पराउनेहरु चाट र पानी पुरी रोज्छन्।’
उनको पाँच जनाको परिवार यही व्यवसाय बाट धानिएको छ।‘धन कमाउन विदेश जानै पर्छ भन्ने छैन्। चाट, पानी पुरी बेचेर परिवार धानेको छु’उनले भने–‘काम, सानो ठुलो हुन्न, मान्छेको सोचाई चाँही सानो ठुलो हुन्छ।’
बसपार्कमा आधा दर्जन चाट व्यवसायी छन्। सटरमा पसल गर्ने पनि उत्तिकै छन्। सटरमा दिउसो ३ बजेपछि पारखीको भिड नै लाग्छ। बसपार्कमा राखिएका ठेलामा यात्रुको रोजाई हुन्छ। चाट व्यवसाय राम्रै भएपनी नगरपालिकाले दुःखदिने गरेको व्यवसायीले गुनासो गर्छन्।
बसपार्कमा लामो दुरीका सवारी साधन कमै पस्छन्। जसले गर्दा उनीहरुको व्यापारमा मन्दी आएको छ।‘नगरपालिकाले ध्यान दिन्छौं भने तर, अहिले फर्किएर आएका छैनन्’मुकेश सोनीले भने–‘वसपार्कमा गाडि पस्नु पर्यो।’