भन्सार छलेर ल्‍याएको कपडा बरामद

वीरगञ्‍ज- भन्सार छलेर ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बिरगञ्जबाट १ लाख ४३ हजार बराबरको अबैध कपडा बरामद गरेको छ।

सशस्त्र प्रहरीले बुधबार बिहान ९ बजेतिर बिरगञ्ज महानगरपालिका १६ भकुवा नाका भएर ल्याउदै गरेको उक्त परिमाणको अबैध कपडा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल गुल्म श्रीपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खडकाको कमान्डमा खटिएको टोलीले भारतबाट भन्सार छली नेपाल भित्रयाउदै गरेको अवस्थामा कपडा बरामद गरेको हो।

सशस्त्रप प्रहरीलाई देखेपछि तस्करहरु भने भन्सार छली ल्याउदै गरेको कपडा तथा केही ,मोटरपार्स र ग्यासको सामानहरुसमेत छोडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको कपडासहित सामानहरुलाई आवशयक कारवाहीको लागि वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्