प्यूठानमा करेन्ट लागेर एक महिलाको मुत्यु

दाङ-प्युठानमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मरन्ठानामा करेन्ट लागेर बुधवार दिउँसो एक महिलाको मृत्यु भएको हो।

घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लाग्दा प्युठान नगरपालिका ९ सिमलगैराकी २४ वर्षीया निसा भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेण्ट लागेर भण्डारीको घटनास्थलमै मृत्यु भएको मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज टिका कुवरले जानकारी दिए।

बुधवार दिउसो करिब २ बजे एक्कासि आगो लागेको देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।

माघ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्