हत्याका अभियुक्त पाँचवर्षपछि पक्राउ

वीरगञ्ज – हत्या गरि फरार रहेका एक अभियुक्तलाई बारा प्रहरीले ५ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले हत्या गरी फरार रहेका बाराको महगधिमाइ नगरपालिका ६ बस्ने लखन सहनीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीले नातामा भाउजु पर्ने आफ्नो ठूलो बुवाको छोरा बृज किशोर सहनीकी श्रीमती २१ वर्षकी खुशबु सहनीको ५ वर्षअघि हत्या गरेको अभियोगमा फरार रहँदै आएका थिए ।

उनले २०७० कार्तिक १७ गते खुशबुको हत्या गरी बरियारपुरको भुतही खोलाम लास गादेका थिए । लखनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले लुकेर बसेको अवस्थामा फेला पारि पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशले पुर्पक्षका लागि कारगार कार्यालय बिरगंज ल्याएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जित सिंह रथोर ले जानकारी दिए ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्