फाइल फोटो

नेपालगञ्ज– प्रहरीले बाँकेको हवल्दारपुरबाट ६ जना जुवाडे पक्राउ गरेको छ।

जुवाडेहरुका साथबाट ८५ हजार सात सय ५ रुपैयाँ बरामद भएको छ। इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, प्रमोद खटिक, नेतबहादुर वली, यमबहादुर गुरुङ, ओमबहादुर पुनमगर, पुष्कर खाँड र लोकबहादुर विक पक्राउ परेका छन्। पक्राउ परेकाहरुलाई प्रहरीले म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।

मुलुकी (संहिता) ऐन संहिता २०७४ का अनुसार जुवा सम्बन्धी कसुरमा पहिलो पटक जुवा खेल्दा पक्राउ परेकालाई तीन महिनासम्म कैद र ३० हजार रुपैया जरिवानाको व्यवस्था रहेको छ।

त्यस्तै, पट्केको हकमा एक वर्षसम्म कैद र ५० हजार रुपैया जरिवाना तोकिएको छ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्