
सांकेतिक तस्बिर
हेटौँडा– मकवानपुर कैलाश गाउँपालिका–४ स्थित देउराली डाँडाबाट अवैध बन्दुक र चरेसको धुलोसहित प्रहरीले विहिबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देउराली डाँडाका ३३ वर्षीय देवान सिंह मोक्तान रहेका छन्।
प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरि र प्रहरी चौकी भार्ताबाट खटिएको टोलीले घरको पछाडि खरमुनि लुकाएर राखिएको अवस्थामा भरुवा बन्दुक एक थान, सानो कटुवा पेस्तोल एक थान र चरेस बनाउने धुलो पाउडर दुई किलोसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ परेका मोक्तानलाई आवश्यक कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ।