तीन क्‍विन्टल अवैध केराउ र मरिचसहित एक जना पक्राउ

वीरगञ्‍ज- पर्सा प्रहरीले अवैध मरिच सहित एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले अवैध मरिचसहित बिरगञ्ज महानगरपालिका वडा नम्बर ७ बस्‍ने २३ को सहनाज शेखलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.१.ह.४५८३ नं.को अटो रिक्सामा लोड गरी लैजादै गरेको ५० किलो मरिचसहित शेखलाई पक्राउ गरेको हो।

पक्राउ परेका शेखलाई मरिच, अटो सहित आवश्यक अनुसन्धानका लागि बीरगञ्‍ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै प्रहरीले अवैध केराउ बरामद गरेको छ।प्रहरीले बिरगञ्ज महानगरपालिकाको बिभिन्न स्थानहरुबाट ३ क्विन्टल अबैध केराउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा उक्त परिमाणको अबैध केराउ बरामद गरेको हो।

बरामद गरिएको केराउलाई आवश्यक कार्वाहीको लागि बिरगञ्ज भन्सार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाकारी दिएको छ।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्