नेकपा एकता विवाद

संयोजक विष्णु पौडेलद्धारा एकतर्फीरुपमा कार्यदलमा प्रतिवेदन पेश

नेकपाको स्थायी समिति बैठक।

काठमाडौँ– तत्कालीन एमाले र माओवादी केन्द्रको तल्लो तहको सांगाठनिक एकता लम्बिएका बेला त्यसका लागि सुझाव प्रतिवेदन प्रस्तुत गर्न गठित कार्यदलका संयोजक विष्णु पौडेलले एकतर्फीरुपमा आफ्नो मस्यौदा प्रतिवेदन कार्यदलसमक्ष पेश गरेका छन्।

एमाले र माओवादी मिलेर जन्मिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका पौडेलले बिहीबार पार्टी कार्यालय धुमबाराहीमा बसेको कार्यदल बैठकमा तीन पृष्ठ लामो मस्यौदा प्रतिवेदन प्रस्तुत गरेका छन्।

स्रोतका अनुसार उक्त मस्यौदा अध्ययन गरी शुक्रबार सुझाव सहित भेला हुन कार्यदलका सदस्यहरुलाई पौडेलले निर्देशन समेत दिएका छन्।

कार्यदलका एक सदस्यका अनुसार उक्त मस्यौदा प्रतिवेदनमा हालसम्म प्राप्त उपलब्धीबारे पौडेलले व्याख्या गरेपनि आगामी रणनीति र योजनाबारे स्पष्टरुपमा उल्लेख गरेका छैनन्।

यद्धपी उनले सबैका सुझाव समेटेर सचिवालयमा बुझाउनु पर्ने धारणा भने सदस्यहरुबीच व्यक्त गरेका छन्।

पार्टीको पछिल्लो केन्द्रीय सचिवालय बैठकले उक्त कार्यदललाई तुरुन्तै कार्यप्रगतिको विवरण पेश गर्न निर्देशन दिएको छ। त्यसअनुसार आवश्यक निर्णय लिएर स्थायी कमिटि बैठकमा पेश गर्ने भनिएको थियो।

पार्टी एकता भएको सात महिना वितिसक्दा पनि तल्लो तहमा एकता प्रक्रिया अघि बढ्न नसक्दै दुवै पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रुष्ट बनेका छन्।

पाटी एकतापछि नेतृत्वले एकलौटीरुपमा काम गरेको भन्दै बढेको आन्तरिक असन्तुष्टी मत्थर पार्न मंसिर २९ गते देखि पुस १३ गतेसम्म स्थायी कमिटि चलेको थियो । बैठकको निष्कर्षस्वरुप पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो।

माघ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू