भारतीय चुइगमको लोगो प्रयोग गरेपछि वीरगञ्जका व्यापारी पक्राउ

पिंकी स्वीटस प्रालिमा छापा हान्दै प्रहरी

वीरगञ्ज – वीरगञ्जका व्यापारी निरन्जन अग्रवाललाई भारतीय चुइगम कम्पनीको लोगो प्रयोग गरेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेको छ । सेन्टर फ्रुट नामक भारतीय चुइगम कम्पनीको लोगो प्रयोग गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त भारतीय कम्पनीले प्रहरीमा दिएको उजुरीको अधारमा अग्रवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अन्नतराम शर्माले बताए । पक्राउ परेका अग्रवालले वीरगञ्जको आदर्शनगरमा पिंकी स्वीटस प्रालि सञ्चालन गर्दै आएका छन् ।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्