४ लाखको अवैध सामान बरामद

वीरगञ्ज– प्रहरीले बाराका बिभिन्न ठाउँबाट भन्सार छलेर ल्याएका अवैध सामान नियन्त्रणमा लिई वीरगञ्च भन्सार कार्यालयमा बुझाएको छ।

प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्रयाइएको ४ लाख २० हजार बराबरको अवैध सामान बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी चौकीहरुबाट खटिएको प्रहरी टोलीले बाराका विभिन्न ठाउँबाट थान कपडा,सुर्ति, मोटरसाईकलका पार्टस, किराना मालसमानहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्