युनिभर्सल हाइड्रो पावरमा खुल्यो शेयर

काठमाडौं- दोलखा जिल्लाको खारे कोरिडोरमा ११ मेगावाट क्षमताको तल्लो खारे खोला जलविद्युत आयोजना बनाइरहेको युनिभर्सल पावर कम्पनीले शुक्रबारबाट सार्वजनिक शेयर निष्काशन गरेको छ।

कम्पनीले हाल ८६,७४,४९२ कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरेको हो।

गत ४–५ वटा सार्वजनिक निष्काशन भएको शेयरको आवेदकको सख्यालाई हेर्दा यो कम्पनीको शेयरमा १०० कित्ता भन्दा माथि नै लगानी गर्दा इच्छा अनुसार शेयर पार्न सक्ने सम्भावना देखिन्छ। शेयरको अन्तिम म्‍याद माघ २९ गते सम्म रहनेछ।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू