
भारतका तीन राज्य उत्तरप्रदेश, उत्तराखण्ड र बिहारमा विषाक्त रक्सी सेवनबाट दुई दर्जनभन्दा बढीको ज्यान गएको छ।
यस विषयमा तत्काल अनुसन्धान गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आदेश दिएका छन्।
उत्तर प्रदेशको सहारनपुर जिल्लाको देवबंदमा विषाक्त रक्सी सेवनबाट ५ जना, कुशीनगरमा ९ जना र उत्तराखण्डको रुड्कीमा ७ जनाको मृत्यु भएको र बिहारमा समेत केहीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
#Uttarakhand: 12 people have died in Roorkee after consuming illicit liquor. 13 excise officials have been suspended in connection with the case pic.twitter.com/OHWdz1ZxUT
— ANI (@ANI) February 8, 2019
यद्यपि भारतीय सञ्चार माध्यम एएनआइले उत्तराखण्डमा विषाक्त रक्सी सेवनका कारण १२ जनाको ज्यान गएको र यस विषयसँग सम्बन्धित १३ जना कर्मचारीलाई निलम्बन समेत गरिएको उल्लेख गरेकाे छ।
उत्तर प्रदेशमा समेत केही प्रहरी र कर्मचारी निलबम्बनमा परेको समाचारमा उल्लेख छ।