कामना सेवा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेड र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ।

शुक्रबार भएको सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन्।

सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्ने र ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन्।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ।

माघ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्