सांकेतिक तस्बिर

दाङ– प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।

शुक्रवार राती १० बजे परेको चट्याङ लागेर नौबहिनी गाउँपालीका १ स्वाउलिवाङ्ग खारखोलाका अन्दाजी २३  वर्षीय नेपाली सेनामा कार्यरत मनोज गुरुङ र सोही गाउँकी अन्दाजी २७ वर्षीया नौमती घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए।

त्यस्तै सोही ठाउँका वर्ष ७ कि तेजी पुन, वर्ष ६० का बोमबहादुर घर्ती र ६२ वर्षीय रुद्र पुन घाइते भएको बुढाथोकीले बताए ।त्यस्तै चट्याङले नौबहिनी–६ मा १ भैंसी र बाख्रा मरेको उनले बताए ।

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्