काठमाडौंमा जारी ‘नेपाल बिल्डकन अन्तराष्ट्रिय प्रर्दशनी’ (फोटोफिचर)

काठमाडौंको भृकुटीमण्डपमा तीन दिने ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रर्दशनी’ चलिरहेको छ।शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले उद्घाटन गरेको अन्तर्राष्ट्रिय प्रर्दशनी आइतबार सम्पन्न हुनेछ।

प्रर्दशनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन्। निर्माण सामग्रीहरुबारे एकै थलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रर्दशनी आयोजना गरिएको प्रर्दशनीका संयोजक सृजल भट्टराईले बताए।

निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधि, घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाइलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था रहेको संयोजक भट्टराईले बताए।

पुनर्निर्माणको अभियानमा सघाउ र्पुयाउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रर्दशनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्सपो मिडिया स्पेस सोलुसन्स र फ्युचर्र ट्रेडको संयुक्त आयोजनामा भएको हो । विगत चार वर्षदेखि यस्तो प्रदर्शनी हुँदै आएको छ।

प्रदर्शनीले नेपालमा हाल भइरहेका समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकको दाबी छ ।

निर्माण क्षेत्रमा नयाँ प्रविधिका समान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने तथा नेपालमा उपलब्ध सामाग्री तथा प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन सहयोग पुग्ने विश्वास छ।   

तस्बिरहरुः प्रभात खनाल/देश सञ्चार।

माघ २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्