दूरसञ्चार कम्पनीहरुको बक्यौता ७२ अर्ब ५८ करोडभन्दा बढी

अर्थ समितिको बैठक।

काठमाडौँ – दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले सरकारलाई ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको देखिएको छ। अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार मूल्य अभिवृद्धि कर, आयकर तथा गैरकर गरी बक्यौता बुझाउन बाँकी रहेको हो।

बक्यौता अशुल्न सबैभन्दा बढी एनसेलको रहेको पाइएको छ । एनसेलले ७२ अर्ब ५८ करोड ३१ लाख रुपैयाँ बक्यौता छ।

संसद्को अर्थ समितिको आइतबार बसेको बैठकमा राजस्व सचिव लालशंकर घिमिरेले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् । बाँकी रहेको बक्यौता असुल्ने पनि उनले समितिलाई जानकारी गराए।

अरु कम्पनीको चार करोड ३८ लाख रुपैयाँ बक्यौता रहेको छ। अर्थ मन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ पर्खिरहेको बताए।

बक्यौता विवरण यस्तो छ

 

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्