ट्रक र मोटरसाइकल ठोक्किदा तीना घाइते

जनकपुरधाम- जनकपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

सरस्वती पूजाको दिन तीन जना सबार पल्सर मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्किएपछि तीनजना गम्भीर भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक जनकपुरधाम–१७ तेतरिया बस्ने १८ वर्षीय मुत्रा यादव, मोटरसाइकलमा सवार नगराईन नगरपालिका डेवडिहा बस्ने १५ वर्षीय अमित यादव र शहीदनगर नगरपालिका–४ बालाबाखरका १६ वर्षीय बालकृष्ण यादव घाइते भएका छन्।

घाइतेहरु मध्ये दाहिने खुट्टामा गम्भीर चोट लागेका मुत्रा र अमितको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटना लगतै गम्भीर भएका तीनैजनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएपनि उपचार संभव नहुंदा थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको प्रहरीले जनाएको छ।

जनकपुरबाट महेन्द्रनगरतर्फ गई रहेको ज १२ प ६१६३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेकोमा ६ त ३५५१ नम्बरको ट्रयाक्टर जनकपुरको मुजेलियास्थित मैदा मिल नजिक एक आपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटना भएको मोटरसाइकल र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।ट्राफिक नियमको उल्लंघन गदै॔ तीन जना सबार भई तिव्र गतीमा मोटरसाइकल कुदाउंदा अनियन्त्रित भएर दुर्घटना हुन पुगेको प्रत्यक्षदर्शीहरुको भनाई छ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्