डडेलधुुराको नवदुर्गामा खुुल्यो प्रभु बैंकको शाखा

काठमाडौं– प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आजदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले आइतबार बैंकको नवदुर्गा शाखा कार्यालय उद्घाटन गरेका हुन्।

अध्यक्ष बिष्टले प्रभु बैंकले गाउँ–गाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध भएको बताए।

आज देखि सञ्चालनमा आएको बैंकको नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ।

माघ २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्