अमेरिकाको सबैभन्दा गरिब शहरको जीवन

अमेरिका विश्वका अधिकांश देशका बासिन्दाका लागि सपनाको देशका रुपमा चिनिन्छ । अमेरिकाको विकास र त्यहाँको जीवनशैलीले लोभ्याउँछ ।

तर अमेरिका सबै सम्पन्न छैन । सबै क्षेत्र अवसरले भरिपूर्ण छैनन् । गरिबीको रेखामुनि रहेका बस्ती छन् । जागिर नपाएका बासिन्दा छन् । बिहान बेलुकाको छाक जोहो गर्न मुश्किल पर्ने परिवार छन् ।

अमेरिकाको सबैभन्दा गरिब शहरमा पर्छ टेक्सासको एस्कोबारेस । मेक्सिकोसँग सीमा जोडिएको एस्कोबारेसका अधिकांश बासिन्दा ‘हिस्प्यानिस’ छन्, अर्थात उनीहरु अधिकांश स्पेनिस वा मेक्सिकन मुलका छन् ।

सन् २००५ मा सिटीको मान्यता पाएको एस्कोबारेसका ६२ प्रतिशत बासिन्दा गरिबीको रेखाभन्दा तल छन् । सन् २०१६ को जनगणना अनुसारको तथ्यांकमा यो शहर एक हजार भन्दा बढी बासिन्दा रहेको अमेरिकी शहरमा सबैभन्दा धेरै गरिबको रुपमा गनिएको हो ।

अमेरिका–मेक्सिको सीमाको आडैमा रहेको यो शहरको प्रमुख समस्या अपराध र बेरोजगारी हो ।

रियो गार्डेन नदीले मेक्सिको र अमेरिकालाई छुट्याएको छ । यहि नदीको आडमा बसेको शहर एस्कोबारेसका बासिन्दाको जीवन रियो नदीमा बगेको पानी जस्तो निर्मल हुन सकेको छैन ।

स्थानीय अधिकारीले शहरलाई गरिबीको रेखामुनिबाट माथि उठाउनका लागि कडा प्रयास जारी रहेको बताएका छन् ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्