द फेभरेटले जित्यो सर्वाधिक सात विधामा अवार्डः अरु कसले कुन विधामा उचाले बाफ्टा?

बाफ्टा चलचित्र अवार्ड २०१९ मा द फेभरेटले सर्वोत्कृष्ट अभिनेत्रीसहित सर्वाधिक सात विधामा अवार्ड जितेको छ। रोमाले सर्वोत्कृष्ट चलचित्रसहित चार विधामा अवार्ड जितेको छ ।
ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टसले हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । नेपाली समय अनुसार सोमबार बिहान भएको अवार्ड समारोहमा द फेभरेटले धेरै बिधामा अवार्ड जितेको हो । द फेभरेटमा गरेको अभिनयका लागि ओलिभिया कोलम्यानले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्।
यस्तै सर्वोत्कृष्ट अभिनेताको अवार्ड रामी मलिकले जिते उनले बाहिमियन राप्सोडीमा गरेको काम लागि अवार्ड पाएका हुन् । उनले गोल्डेन ग्लोब अवार्डमा पनि सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए र ओस्कार अवार्डका लागि पनि मनोनयनमा परेका छन् ।
सर्वोत्कृष्ट चलचित्र घोषित भएको रोमाका निर्देशक अलफोन्सो कुरोनले सर्वोत्कृष्ट निदेर्शकको अवार्ड जिते । रोमा र निदेर्शक कुरोन ओस्कारलाई मनोनयनमा परेका छन् ।
कुन विधामा कसले जिते अवार्ड ?
सर्वोत्कृष्ट चलचित्रः रोमा
सर्वोत्कृष्ट अभिनेत्रीः ओलिभिया कोलम्यान (द फेभरेट)
सर्वोत्कृष्ट अभिनेताः रामी मलिक (बाहिमियन राप्सोडी)
सर्वोत्कृष्ट निर्देशकः अलफोन्सो कुरोन (रोमा)
सर्वोत्कृष्ट कस्ट्युम डिजाइनः द फेभरेट
अंग्रेजी भाषा बाहेकको सर्वोत्कृष्ट चलचित्रः रोमा
सर्वोत्कृष्ट विशेष भिजुअल इफेक्ट्सः ब्ल्याक प्यान्थर
सर्वोत्कृष्ट डेब्यु (बेलायती लेखक, निर्देशक वा निर्माता): बिट्स (माइकल पिचर–लेखक तथा निर्देशक, लरेन डार्क–निर्माता)
सर्वोत्कृष्ट सिनेम्याटोग्राफीः रोमा
सर्वोत्कृष्ट सह–अभिनेताः माहर्शला अली (ग्रीन बुक)
सर्वोत्कृष्ट सह–अभिनेत्रीः रेचल वाइज (द फेभरेट)
सर्वोत्कृष्ट ओरिजिनल स्क्रिनप्लेः डेबोर डेविस र टोनी म्याकनामारा (द फेभरेट)
सर्वोत्कृष्ट ओरिजिनल म्युजिकः अ स्टार इज बर्न
सर्वोत्कृष्ट एडप्टेड स्क्रिनप्लेः स्पिक ली, डेविड रविनोविट्ज, चार्ली वाचटेल र केविन विमोट (ब्ल्याकक्लान्सम्यान)
इइ राइजिङ्ग स्टार अवार्ड (भोटका आधारमा)ः लेटेसा राइट (ब्ल्याक प्यान्थर)
आइटस्ट्याण्डिङ्ग ब्रिटिस कट्रिब्युसन टू सिनेमाः नम्बर नाइन फिल्मस्
सर्वोत्कृष्ट मेक अप एण्ड हेयरः द फेभरेट
सर्वोत्कृष्ट वृत्तचित्रः फ्रि सोलो
सर्वोत्कृष्ट सम्पादनः भाइस
सर्वोत्कृष्ट ध्वनीः बाहिमियन राप्सोडी
सर्वोत्कृष्ट बेलायती छोटो चलचित्रः ७३ काउज्
सर्वोत्कृष्ट बेलायती छोटो एनिमेटेड चलचित्रः रफहाउस
सर्वोत्कृष्ट प्रोडक्सन डिजाइनः द फेभरेट
सर्वोत्कृष्ट एनिमेटेड चलचित्रः स्पाइडरम्यानः इनटू द स्पाइडर भर्स
सर्वोत्कृष्ट बेलायती चलचित्रः द फेभरेट