नरेन्द्र मोदीमाथि श्रीमतीको नाम लिएर कडा प्रहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुंटूरमा राज्यमा मुख्यमन्त्री चन्द्रबाबू नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरे ।

यसको जवाफमा चन्द्रबाबू नायडूले प्रधानमन्त्री मोदीकी श्रीमतीको कुरा उप्काउँदै तिखो प्रहार गरेका छन् ।

नायडूले प्रधानमन्त्री मोदीमाथि आक्रामक हुँदै भने, ‘तपाईँ आफ्नी श्रीमतीबाट अलग बस्नु हुन्छ । परिवारको मूल्य–मान्यताप्रति तपाईँको मनमा कुनै आदर छ होला ?’

नायडूले आफू आफ्नो परिवारलाई माया गर्ने बताए । प्रधानमन्त्री मोदीसँग न परिवार न त छोरा नै रहेको नायडूले बताए ।

उनले भने, ‘जब तपाईँ मेरो छोराका बारेमा बोल्नु हुन्छ भने मैले पनि तपाईँकी श्रीमतीको कुरा उप्काएँ । क्या सर्वसाधारणलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती छन् ? उनको नाम जसोदाबेन हो भन्ने कतिलाई थाहा छ ?’

नायडूले विजयवाडामा भएको एक जनसभामा यस्तो बताएका हुन् । प्रधानमन्त्री मोदीले देशलाई अधोगतिमा धकेलेको आरोप नायडूले लगाए । पुरानो नोटमाथि लगाइएको प्रतिबन्ध ‘पागलपन’ युक्त फैसला रहेको उनको भनाई छ ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्