रणवीर अगाडि हुँदा आलियाले बोल्ने लाइन बिर्सिएकी थिइन्

अभिनेता रणवीर कपूर र आलिया भटको सम्बन्ध तथा आउँदै गरेको चलचित्र ब्रम्हास्त्रबारे पछिल्लो समय चर्चा भइरहेको छ । ब्रम्हास्त्रका दुई कलाकार एक अर्काको प्रेममा रहेको एक वर्ष भइसकेको छ। उनीहरु आफ्नो सम्बन्धको बारे केही खुल्न थालेका पनि छन्।

प्रेम सम्बन्धका बारेमा रणवीर कपूरले पहिला स्वीकारेका थिए। बेला बेलामा पारिवारिक भेटघाटमा सँगै देखिने आलियाले पछिल्लो समय रणवीर र उनको परिवारको बारेमा बताइन्। उनले ऋषि कपूर र नितु कपूरको बारेमा पनि कुरा गरेकी छन्।

हालै आलियाले एक अन्तर्वार्तामा प्रेमी रणवीरको खुलेर प्रशंसा गरेकी छन्। उनले अहिलेसम्म देखेको मध्येमा रणवीर सबैभन्दा यथार्थवादी कलाकार हुन् भनेकी छन्। उनले भनिन्, ‘म उसँगै छु भनेर होइन्, यो इन्डस्ट्रीमा उसलाई चाहने धेरै कलाकारहरु छन्।’

उनले सुटिङ्गका क्रममा आफ्नो संवाद भुलेको पनि बताइन्। ‘साधारणतया म आफ्नो लाइनहरु राम्ररी सम्झन्छु, मैले प्रस्तुतिमा आफ्नो संवाद कहिले भुलेकी छैन। तर जब मैले रणवीरको प्रस्तुति देखेँ, मैले ठ्याक्कै आफूले बोल्ने संवाद भुलेँ। सामान्य रुपमा भयो । रणवीर भावुक थिए, उसले सजिलै अभिनय गरे। म मात्र उसलाई हेरीरहे, मैले मेरो पालो नै भुलेछु। उनको आँखा एकदमै इमान्दार र साधारण आँखा छन्।’

उनले ऋषि कपूर र नितुको बारेमा पनि कुरा गरिन्। ‘नितु एकदमै सुन्दर छिन्। म उहाँलाई मेरो साथी भन्छु। उनको जीवन जीउने अन्जाद एकदमै फरक छ। मलाई लाग्छ रणवीरमा त्यो शान्त, आनन्दका अनि सुन्दर बानी व्यवहार उनको आमाबाट आएको हो।’

उनले ऋषि कपूरलाई असाध्यै भिन्न भएको बताइन्। ‘ऋषि कपूरसँग समय बिताउन पाए मात्र रमाइलो हुन्छ। उनी आफैमा भिन्न छन्। उनीसँग कसैले सजिलै केही कुरा सिक्न सक्दैन। किनभने ऋषि कपूर मात्र एक छन्।’

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्