ललितपुरको म्‍याट्रेस गोदाममा भएको आगलागी नियन्त्रणमा, करीब ५ करोडको क्षति

ललितपुर-ललितपुरको भैसेपाटीमा रहेको बीएनआरओ म्‍याट्रेस गोदाममा लागेको आगो प्रहरीले नियन्त्रणमा लिएको छ।

दिउँसो १ बजे लागेको आगो प्रहरीको टोलीले २ बजे नियन्त्रणमा लिएको ललितपुरका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

बोहोराका अनुसार म्‍याट्रेस गोदामाम लागेको आगलागीबाट करीब चार देखि ५ करोडको क्षति भएको छ। उनले भने, ‘ गौदाममा आगलागी भएको रहेछ। कर्मचारीहरु काम गरिरहेको बेलामा अचानक आगलागी भएको बताएका छन्। हाम्रो टोलीले नियन्त्रणमा लिइसकेको छ। करीब चारदेखि पाँच करोडको क्षति भएको यहाँका कर्मचारीहरुले बताएका छन्। ‘

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्