भारत लैजाँदै गरेको चरेशसहित दुई भारतीय पक्राउ

पर्सा- भारततर्फ लैजादै गरेको अबैध लागूऔषध चरेशसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले भारत पश्चिम बंगाल कोलकता ११ नारगेल मेनरोडका ३८ वर्षीय मोहमद सकिल र २६ वर्षीय मोहमद फरिदलाई लागुऔषध चरेशसहित पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले १० किलो लागूऔषध चरेश बरामद गरेको छ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बिरगञ्ज महानगरपालिका १६ शँकराचार्य गेटनजिकैबाट चेकजाँच गर्ने क्रममा प्रहरीले लागुऔषधसहित पक्राउ गरेको जनाउको छ।

शरिरमा लुकाई छिपाई नेपालबाट भारततर्फ लागुऔषध चरेश लैजानेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। चरेशसहित पक्राउ परेका दुबैजनालाई आवशयक कारवाहीको लागि प्रहरी हरासतमा राखिएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू