वीरगञ्‍जमा धुमधामसँग सरस्वतीको मूर्ति सेलाइयो

वीरगञ्‍ज-विद्याको देवी सरस्वती माताको पूजाअर्चना गरेका विद्यार्थीहरुले आइतबार सरस्वतीको मूर्तिलाई धुमधामसँग सेलाएका छन्।

तराईमा सरस्वती माताको प्राय हरेक विद्यालयमा मूर्ति स्थापना गरेर पूजा गरेका विद्यालयहरुले आज नजिकैको नदी,तलाउ खोलामा मूर्ति सेलाएका हुन।

पर्सा जिल्लामा खासगरी तिलावे र्सिसिया बागमती नदीसम्म पनि मूर्ति सेलाउने गरिएको छ।बिरगञ्ज महानगरपालिका लगायत पर्साका ग्रामीण भेगका विद्यालयहरुले पनि तिलावे नदीमा कबढी गरी मूर्तिहरु सेलाउने गरेका छन्।

बिशेष गरि विद्याकीदेवी सरस्वती माताको पुजा विद्यालयहरुले गरे पनि पछिल्लो समय अध्यन अध्यापनमा नलागेका तथा जागिरे युवाहरुले पनि सरस्वती पूजाको दिन मूर्ति स्थापना गरेर पूजा गर्ने गरेका छन्।

बिरगञ्ज महानगरपालिका वडा नम्बर ३० मा एउटा सरकारी विद्यालय र एउटा बोर्डिँग स्कुल भएपनि उक्त वडामा युवाहरुले १० ठाउमा सरस्वी माताको मूर्ति स्थापना गरेर पुजा गरेका छन्। जागिरे युवाहरुले पनि आफूहरु पहिले विद्यालय नै भएको तथा सरस्वती मातामाथि आस्था भएका कारण हरेक बर्ष झै यस बर्ष आफनो टोलमै मूर्ति सथपना गरेर पूजा गरेको सोही वडाका उमेश मण्डलले बताए।

‘केही साथीहरुले मिलेर आपसमै पैसा उठायौ मण्डलले भने,अनि सरस्वती माताको मूर्ति किेर भोज भतेर गरेर रमाईलो गरि सरस्वती पुजा गरयौ,अब मूर्ति सेलाउन जादैछौ।

’मूर्ति सेलाउनेक्रममा विद्यालय तथा युवाहरुले बाजागाजासहित नाचगन समेत गर्ने गरेका छन्।सरस्वती पूजाकै अवसरमा विद्यालय तथा स्थानीय युवाहरुले आ-आफनो टोलमा साँस्कृतिक कार्यक्रमसमेत गर्ने गरेका छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्