प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

झारखण्ड-भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन्।

पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ।

झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचारको लागि आएका र तीमध्ये दुई जनाको अवस्था गम्भीर रेहको बताएका छन्।

ती बिद्यार्थीहरुलाई बिषाक्त खानेकुरा परेको र उनीलाई पेट दुख्ने र बान्ता हुने समस्या देखा परेको खालिदले बताए। हाल उनीहरुको उपचार भइरहेको खालिदले थप जानकारी दिएका छन्।

यस घटानको अनुसन्धान भइरेहको जिल्ला शिक्षा अधिकारीले बताए। यस घटनाका दोषीलाई कारबाही गरिने पनि उनले जानकारी दिए।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्