अमिताभ वच्‍चनसँग ‘बदला’ लिने दाउमा शाहरुख खान ! ट्विटरमा जुहारी !

एजेन्सी-बलिउडमा सिनेमा उद्योगमा एकपछि अर्को गर्दै धमाकेदार चलचित्रहरु बन्‍दै आएका छन्। यसपटक भने बलिउडका बादशाहद्वय अभिताभ वच्चन र शाहरुख खानबीच फिल्‍मको विषयलाई लिएर जुहारी चलेको छ ट्विटमा।

बलिउड सुपरस्टार शाहरु खानले आफ्‍नो कम्पनी रेड चिल्लीको सहयोगमा बनाएको फिल्‍म ‘बदला’को बारेमा चर्चा भइरहँदा शाहरुखले अमिताभलाई कटाक्ष गरेका छन्। किनकी यसअघि नाता सम्बन्धलाई जोड्‍ने र तोड्‍ने विषयमा बनाइएको फिल्म ‘पिंक’मा अमिताभ वच्चन तथा तापसीको जोडी फेरि ‘बदला’मा फर्किएका छन्।

अमसताभ वच्चनसँग ‘अलादीन’ तथा ‘तीन’ लगायतका फिल्‍म बनाइसकेका निर्माता सुजाय घोषले बीग बीसँग मिलेर ह्‍याट्रिक नै बनाइसकेका छन्।
मुम्बईमा फिल्मको ट्रेलर सार्वजनकि हुनु अगावै दिउँसो शाहरुखले मिडियामा फिल्‍मको पोस्टर आफ्‍नो ट्विटरबाट सार्वजनिक गरिसकेका थिए।

उक्त पोस्टर रिलिज गरेपछि अमिताभको लागि शाहरुखले ट्विटमा लेखेका थिए, ‘म तपाईसँग बदला लिन आउँदैछु वच्चन साहाव ! तयार रहनुहोला।’ त्‍यसपछि उनले बदला फिल्मको पोस्टर शेयर गरे। जसमा तापसी पन्‍नू इन्टेसको लुक्स देखाइएको छ।

यसपछि अमिताभ वच्‍चनले शाहरुखलाई ट्विट गरेर भने, ‘अरे शाहरुख भाई! बदला लिने टाइम त सकिसक्‍यो ! अब त सबैलाई बदला दिने समय आइसक्‍यो!’

यसका साथै उनले फिल्म बदलाको पोस्टर समेत सार्वजनकि गरे। पोस्टर सेयर गर्दै वच्चनले लेखे, ‘ बदला लिनु सबैचोटी एउटै हुन्‍न। तर माफी दिनु पनि सधैं सही हुँदैन।’

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्