‘कर्णालीको परिचय बदल्‍नुपर्छ, भ्रष्टाचार हुनुहुदैन’

सुर्खेत–प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णालीको समृद्धि र विकासका लागि भ्रष्टचारलाई शून्यमा झार्नुपर्ने बताएका छन्। विकास निर्माणमा हुने भ्रष्टाचार र अनियमितताका कारण कर्णालीका बासिन्दाले विकास भएको अनुभूति गर्न नपाएको बताए।

‘कर्णाली आज पनि विकट छ, सबै ठाउँमा सञ्चार सुविधा पुग्न सकेको छैन्’ उनले भने,‘कर्णाली समृद्ध नहुनुको मुख्य कारण भ्रष्टाचार र अनियमितता हो, अब कर्णालीको परिचय बदल्नुपर्छ। कर्णालीमा भ्रष्टाचार हुनुहुदैन्।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा भ्रष्टाचार न्यूनिकरणका लागि आयोग सक्रिय हुनुपर्ने वताए। ‘विकासको सबैभन्दा ठूलो अबरोध भ्रष्टाचार हो, यसको अन्त्य विना विकासका लक्ष्य प्राप्त गर्न सकिदैन’ उनले भने,‘कर्णालीका जनतामा रहेको रोग, भोक, गरिवि अशिक्षा र कु–संस्कारको अन्त्य गर्न कटिवद्ध भएर लाग्नुपर्ने बेला आएको छ।’

प्रदेश प्रमुख खनालले इमान्दारीपूर्वक भ्रष्टाचारविहिन स्थानीय निकाय, प्रदेश र राष्ट्र निर्माणमा योगदान दिन सवैलाई आग्रह गरे। कर्णालीमा भ्रष्टाचारको अन्त्यका लागि कर्मचारी, राजनीतिक नेतृत्व र अख्तियारको कार्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए।

मुलुकका ७ प्रदेशमध्ये कर्णाली प्रदेशलाई भ्रष्टाचाररहित दक्ष प्रशासन र स्वच्छ आर्थिक कारोबारमा अनुकरणीय नेतृत्व प्रस्तुत गर्न आह्वान गरेका थिए । उनले भ्रष्टाचार भइसकेपछि त्यसको रोकथाममा लाग्नु भन्दा पनि भ्रष्टाचार हुनै नदिने अभियानलाई सशक्त बनाउँदै अनुगमन, निरिक्षण र सचेतनाको पाटोलाई सक्रिय राख्न पनि २८ औँ स्थापना दिवस पे्ररणादायी बनोस भन्ने कामना गरे।

‘प्रशासकीय संरचना अनुरुप राष्ट्रिय, प्रदेश र स्थानीय साधन र सम्पत्तिको अक्षरस् सदुपयोग गर्ने, गराउने भूमिकामा अख्तियार सफल हुन्छ’ उनले भने,‘राजनीतिक नेतृत्व र कार्यरत राष्ट्रसेबक कर्मचारीको अबको दायित्व भनेको भ्रष्टाचार न्युनिकरण गर्दै जनताको समृद्धिका लागि जुटने हो।’

आर्थिक तथा भौतिक सम्पत्तिको हिनामिना र रातारात धनिबन्न रकम लिनु मात्रै भ्रष्टाचार नभई अनुशासनहिनता, समयमा कार्यालय नआउनु, तोकिएको जिम्मेवारी पूरा नगर्नु र मनोमानी रुपमा काम गर्नु तथा काममा अनियमितता देखिनु पनि भ्रष्टाचार भएको उल्लेख गरे ।

अख्तियार कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदिको अध्यक्षतामा भएको कार्यक्रममा स्थापना दिवसका अबसरमा आयोजित कविता प्रतियोगितामा प्रथम द्वितिय हुने प्रविणकुमार आचार्य र सर्बज्ञा आचार्यलाई सम्मान गरिएको थियो।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्