डिपिएलको पहिलो दिनमै दुई खेलाडीलाई कारबाही

काठमाडौँ- तेस्रो धनगढी प्रिमियर लिग-डिपिएलको पहिलो दिनमै दुई खेलाडीमाथी कारबाही भएको छ।

आयोजकले रुपन्देही च्यालेन्जर्सका पुनित मेहरा र महेन्द्रनगर युनाइट‍ेडका कुशल मल्ललाई कारबाही गरेको हो। दुवैले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीको लोगो पोलिसी उल्लंघन गरेको र गल्ती पनि स्विकार गरेको आयोजकले जनाएको छ।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्