सरस्वती पूजामा डिजे बजाउन नदिदाँ विद्यार्थी र प्रहरीबीच प्रर्दशन

जनकपुरधाम- धनुषामा स्वरस्वती पुजाको अवसरमा डिजे बजाउँदै नाचगान गरि रहेको विद्यार्थीलाई रोक्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप भएको छ।

जिल्लामा डिजे बजाउन निषेध गरिए पनि अबेर रातीसम्म डिजे बजाएर नाचगान गर्दा मिथिलाविहारी नगरपालिका ७ तारापट्टीमा स्थानीय युवा र विद्यार्थी र प्रहरीबीच विवाद भएको हो।

तारापट्टी बजारमा नगरपालिकाबाट नाचगान गर्ने अनुमति लिएर आफुहरुले नाचगान गर्दा प्रहरीले हस्तक्षेप गर्दै नाच्न नदिएको र कुछपिट गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् भने प्रहरीले आफूहरु राति १२ बजेपछि डिजे बजाउन नदिएको निहुँमा उनीहरुले विवाद खडा गरेको जनाएको छ।

विद्यार्थीलाई कुटपिट गरेको कुरामा समेत कुनै सत्यता नरहेको इलाका प्रहरी कार्यालय तारापट्टीले दावी गरेको छ।यता, विद्यार्थीलाई कुटपिट गरेको विरोधमा सोमबार स्थानीय तथा विद्यार्थीहरु तारापट्टी बजारमा चक्का जाम गर्दै प्रर्दशन गरेका छन्।

नरपालिकाबाट नाचगान गर्ने अनुमति लिएपनि प्रहरीले जर्बजस्ती गरी आफुहरुलाई रमाईलो गर्नबाट रोकेको र नाच्न दिन भनि आग्रह गर्दा कुटपिट गरेको विद्यार्थीहरुको भनाई छ।

सरस्वतीको मुर्ति सेलाईसकेपछि अहिले तारापट्टटीको विवाद समेत साम्य भएको छ।

सरस्वतीको मूर्ति सेलाउन जाँदा डिजेमा मग्‍न विद्यार्थी


सोमबार वसन्त पञ्चमीको दोस्रोदिन सरस्वती मूर्ति सेलाउन जाँदा विद्यार्थीहरु नगरभित्रको बीच बाटोमै डिजे घन्काएर नाचेका छन्। ट्रयाक्टर, ट्रिपरमा मुर्तिलाई राखी सेलाउन जाने क्रममा विद्यार्थीहरु बाटो घण्टौघण्टा नाचेको देखिए।

जिल्ला प्रशासन कार्यालय धनुषाले धनुषामा डिजे बजाउन निषेष गरेको छ तर आज गाउँ गाउँमा विद्यार्थीहरु डिजे बजाएर नाचेका छन्। धनुषाको देवपुरारुपैडिहा, फुलगामा, घोडघासमा प्रत्येक-५ मिनेटको दूरीमा विद्यार्थीहरु सडकमा डिजे बजाउँदै नाच्दै गरेको देखिए।

यस्तै, जनकपुर नगरमा डिजे बजाउन निषेध गरिएपनि आईतवार र सोमबार सरस्वती पूजाको अवसरमा कहि कतै डिजे बन्द भएको देखिएन।सरस्वती पूजामा सरिक हुन पुगेका छात्राहरु आफुहरुलाई पूजाको समय बजेको गीतहरुले गर्दा ग्राहो महसुस भएको बताउँछन्।

जनकपुरधाम १ वकिल टोलकी एक छात्रा प्रियंका झा भन्छिन्, ‘यसपाली हाम्रो कलेजमा सरस्वती पूजा भएन र हामी भाईबहिनी संगै अरु ठाउँमा सरस्वती पूजा हेर्न गयौं तर नराम्रो गीतहरु बज्दा आफै अप्ठ्यारो महसुस भयो र घर फर्कें।’

यस्तै, जनकपुर ७ का २१ व्र्षिय आयुषा ठाकुर भन्छिन्, ‘म मेरो बहिनीहरुलाई पूजा हेर्न जान दिईन, त्यस्तो गीतहरु बज्दा केटीतिर हेर्ने नजरिया नै बद्लेको देख्छु, र गीत बजेसंगै हामीलाई दुरव्यवहारको सिकार हुनु परेको छ।’

डिजे बजाउन पटक पटक ‘बैन’ गरिएको छ तर पनि धनुषामा डिजे बज्न बन्द नहुँदा अधिकांशले गुनासो पोख्दै आएका छन्।

माघ २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्