इन्जुरी समयको अन्तिमतिरको गोलले जोगायो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स र न्युक्यासल युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा वुल्भ्सले न्युक्यासलसँग १–१ को बराबरी खेलेर अंक बाँडेको हो । पहिलो हाफमा गोल रहित भएको खेलमा ५६ औँ मिनेटमा हायडिनले न्युक्यासलका लागि गोल गरे र अग्रता दिलाए ।

लगभग पराजित भएको खेलमा वुल्भ्सले खेलको इन्जुरी समयमा बराबरी गोल फर्काएको हो । वुल्भ्सका लागि बोलीले इन्जुरी समयको पाँचौँ मिनेटमा गरेको गोलले खेल बराबरीमा टुंगियो ।

बराबरीपछि सातौँ स्थानको वुल्भ्सको २६ खेलबाट ३९ तथा १६ औँ स्थानमा उक्लिएको न्युक्यासलको २५ अंक भएको छ ।

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्