नेइमार बिहीन पिएसजीका काभानी पनि मैदान बाहिर

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दा दुई महत्वपूर्ण खेलाडी बिहीन हुने भएको छ ।

च्याम्पियन्स लिग फुटलबको अन्तिम १६ अन्तर्गतको पहिलो लेगमा पिएसजीले मंगलबार राति वल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ ।

यो खेलमा पिएसजी एडिन्सन काभानी र नेइमार बिहीन हुनेछ । नेइमार चोटका कारण मैदान बाहिर रहेकै बेला काभानी पनि चोटग्रस्त भएका हुन् ।

काभानी शनिबार राति लिग वान अन्तर्गतको खेलमा चोटग्रस्त भएका हुन् । उनी पहिलो लेगमा मैदानमा नरहने पिएसजीका प्रशिक्षक थोमस टुसिलले बताएका छन् ।

काभानीको हिपमा चोट लागेको छ । मार्च ६ मा हुने दोस्रो लेगमा भने काभानी मैदानमा हुने छन् । तर नेइमारले भने त्यो खेल पनि गुमाउने छन् ।

आफ्ना दुई उत्कृष्ट खेलाडी मैदानमा नहुनु टिमका लागि गम्भीर चिन्ताको कारण रहेको प्रशिक्षक टुसिलले बताएका छन् ।

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्