जोसे फर्किँदै, रुसी टेलिभिजनमा फुटबल कार्यक्रम

म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक जोसे मोरिन्होले टेलिभिजनमा आफ्नो फुटबल शो सञ्चालन गर्ने भएका छन् ।

गएको डिसेम्बरमा म्यानचेस्टर युनाइटेडले बर्खास्त गरेपछि काम बिहीन रहेका प्रशिक्षक मोरिन्होले रुसी टेलिभिजन च्यानल आरटीमा फुटबल शो सञ्चालन गर्ने भएका हुन् ।

आरटीले यसको पुष्टि गरेको छ । ५६ वर्षमा मोरिन्होले च्याम्पियन्स लिग फुटबल अन्तर्गतका खेलको विश्लेषण गर्ने छन् । प्रवर्द्धनात्मक भिडियोमा मोरिन्होले भनेका छन्, ‘आरटीमा मैले फुटबलबारे कुरा गर्ने भएको छु । अरु म के के गर्नु जस्तो लाग्छ ?’


मस्कोको टेलिभिजन आरटीका लागि मोरिन्होले सन् २०१८ को विश्वकप फुटबलमा पण्डितको रुपमा काम गरेका थिए । रुसको सरकार मातहतको टेलिभिजनमा आउने शो को नाम ‘टचलाइन विथ जोसे मोरिन्हो’ हो ।

यो शो मार्च ७ देखि सुरु हुनेछ । आरटीले अरबिक, अंंग्रेजी र स्पेनिस भाषामा आफ्ना सामग्री उत्पादन गर्दै आएको छ ।

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्