पूर्व राजा केही दिनदेखि झापामा, कसैसँग भेटघाट छैन

फाइल तस्बिर

विर्तामोड – पूर्व राजा ज्ञानेन्द्र शाह झापाको दमकस्थित निवासमा आएको केही दिन भए पनि कसैसँग भेटघाट नभएको उनका निकट व्यक्तिले बताएका छन् ।

यहि माघ २४ गते सिमराबाट झापा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र अहिले दमकमा रहेको आफ्नै चिया बगान भित्रको बंगलामा छन् ।

पूर्व रानी कोमलको अस्वस्थताका कारण उनले अहिले कसैसँग भेटघाट नगरेको राप्रपाका नेता राम थापाले बताए ।

उनले भने, ‘म हिजो मात्र पुगेको थिएँ । भेटघाट भएन । परैबाट देखादेख मात्र भयो । अहिले मर्निङ्गवाक पनि बंगला भित्र हुने गरेको बुझेको छु ।’

उनका अनुसार केही दिनपछि पूर्व राजाले उनका निकट व्यक्तिहरुसँग भेटघाट गर्नेछन् ।

पूर्व राजाका निजी सचिव सागर तिमिल्सिनाका अनुसार करिब एक महिनाको झापा बसाइका क्रममा विभिन्न कार्यक्रमहरुमा निस्किने योजना छ ।

सागरले भने, ‘केही दिनपछि निर्धारित कार्यक्रमहरुमा सरिक हुने योजना छ । तर केही दिन बाहिर निस्किने र भेटघाट गर्ने कुनै कार्यक्रम छैन ।’

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्