डिपिएल क्रिकेट : धनगढीमाथि अत्तरियाको ५ रनको जित

फाइल तस्बिर

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत मंगलबारको पहिलो खेलमा सिवाइसी अत्तरिया विजयी भएको छ । धनगढी स्टारसलाई पाँच रनले हराउँदै अत्तरियाले विजयी सुरुवात गरेको हो ।

९६ रनको लक्ष्य पाएको धनगढी स्टारसले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९० रन बनायो।

धनगढीका लागि राजु रिजालले २६, रोहन मुस्तफाले १८ रन बनाउनु बाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । अत्तरियाका भुवन कार्कीले चार तथा कमल सिंह ऐरीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको अत्तरियाले पाँच विकेटको क्षतिमा ९५ रन बनायो । उसका लागि सन्नी पटेलले ३५ तथा जयकिशन कोल्सावालाले २१ रन बनाए ।

लिग अन्तर्गत मंगलबारको दोस्रो खेलमा विराटनगर किंग्स र रुपन्देही च्यालेन्जर्स खेल्नेछन् ।

यसअघि प्रतियोगिता अन्तर्गत पहिलो सोमबार भएका दुई खेलमा काठमाडौँ गोल्डेन्स र रुपन्देही च्यालेञ्जर्सले विजयी सुरुवात गरेका थिए ।

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्