डिपिएलमा विराटनगरमाथि रुपन्देही च्यालेन्जर्सको जित

फाइल फोटो

धनगढी प्रिमियर लिग (डिपिएल) अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किङ्सलाई पाँच विकेटले पराजित गरेको छ।

विराटनगरले दिएको ९४ रनको लक्ष्य पच्छ्याएको रुपन्देहीले १३ ओभर १ वलमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो।

रुपन्देहीका लागि पुनित मेहराले २७ बलमा ४६ रन बनाए। त्यसैगरी भिम सार्कीले १२, बावर हायतले १७, वसन्त रेग्मीले ८, विनोद भण्डारीले ७ र प्रदीप ऐरीले २ रनको योगदान दिए।

पहिले व्याटिङ गरेको विराटनगरले ९ विकेटले गुमाएर ९३ रन बनाएको थियो। उसका लागि राजेश पुलामी मगरले १७ र महम्बद असादुल्लाह खानले १६ रन बनाए पनि अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

माघ २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्