मेक्सिकोका ‘ड्रग लर्ड’ एल चापो अमेरिकी अदालतद्वारा दोषी ठहर

मेक्सिको लागुऔषध तस्कर ख्वाकिन गुथमानलाई अमेरिकाको न्युयोर्कमा रहेको संघीय अदालतले लागुऔषध तस्करीमा दोषी ठहर गरेको छ ।

एल चापोका नामले चिनेले ख्वाकिनलाई मेक्सिकोका ‘ड्रग लर्ड’ भन्ने गरिन्छ । अमेरिकी अदालतले उनलाई लागुऔषध तस्करीका विभिन्न १० आरोपमा दोषी ठहर गरेको हो ।

६१ वर्षका ख्वाकिन कोकिन तथा हेरोइनको तस्करी, अवैध अतियार राखेको तथा मनी लण्ड्रिङ्गसहितका आरोपमा दोषी पाइएको अदालतले जनाएको छ ।

अदालतले दोषी ठहर गरे पनि सजाय सुनाएको छैन । अदालतले चाँडै नै सजाय पनि सुनाउने छ । उनको पूरै जीवन अब जेलमा बित्ने सम्भावना छ ।

जेलबाट सुरुङ्ग बनाएर भागेका ख्वाकिनलाई सन् २०१६ मा प्रहरीले पक्राउ गरेको थियो । सन् २०१७ मा उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो ।

सिनाओला ड्रग कार्टेलमा उनको हात रहेको र अमेरिकामा ड्रग्स आपूर्ति गर्नेको सूचिमा उनी सबैभन्दा अग्र सूचिमा आउने आरोप थियो ।

११ हप्तासम्मको सुनुवाईपछि मंगलबार जुरीले फैसला सुनाएको हो ।

सन् १९५७ मा किसान परिवारमा जन्मिएका ख्वाकिन अफिम तथा गाँजको खेतमा काम गर्थे र त्यहिँबाट उनले ड्रग्स तस्किरीको गुण सिकेका हुन् ।

फाल्गुन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्