काठमाडौँ – सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दैछ ।

पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक घोषणाका लागि काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम हुँदैछ । यसका लागि सभागृहलाई सिंगारिएको छ ।