हाम्रो नेपाली किबोर्डले पूरा गर्यो ५० लाख डाउनलोड

प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर लिएर आयो हाम्रो नेपाली किबोर्ड

काठमाडौं- हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको अर्को नेपाली एप बन्न समेत सफल भएको छ। यो सँगै ‘भ्‍यालेन्टाइन डे’को अवसरमा हाम्रो पात्रो अन्तर्गतको हाम्रो नेपाली किबोर्डले प्रेम अभिव्यक्त गर्ने नेपाली स्टिकर लिएर आएको छ।

नयाँ स्टिकरमा प्रेमील गफहरुमा, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई माया, प्रेम अभिव्यक्त गर्न मौका दिएको हो। जसमा कान्छा, कान्छि, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन्।

यसअघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा चुम्न सफल भएको थियो भने नयाँ वर्ष २०१९ को अवसरमा हामीले पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरिएको थियो।

फाल्गुन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्