ब्यानर र झण्डा बिनै बिप्लव माओवादीले मनायो जनयुद्ध दिवस 

दाङ-सरकारमा पुगेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (तत्कालीन माओवादी)ले देशभर जनयुद्ध दिवस मनाइरहेका बेला विप्लव नेतृत्वको नेकपाले दाङमा  झण्डा र ब्यानर बिनै जनयुद्ध दिवस मनाएको छ।

सत्तारुढ नेकपाले लमहीमा कोण सभा गरेकै स्थलमा दिउँसो ब्यानर र झण्डा बिनै विप्लव नेतृत्वको नेकपाले जनयुद्ध दिवस मनाएको हो।

झण्डा र ब्यान राखेपछि प्रहरीले धरपकड गर्ने भएकाले झण्डा र ब्यानर बिनै कार्यक्रम गरिएको बुझिएको छ।

फाल्गुन १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्