भक्तपुरका प्रशासकीय अधिकृत २५ हजार घुससहित पक्राउ

फाइल फोटो

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठ २५ हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।

उनले भक्तपुरस्थित एक रेष्टुरेण्टले तिर्नुपर्ने बक्यौता ढिलो बुझाउने ब्यवस्था मिलाइ दिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्