डिजेलमा पानी मिसाएको भन्दै पेट्रोल पम्पमा सिलबन्दी

फाइल तस्बिर ।

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा रहेको बोलबम पेट्रोल पम्पमा पेट्रोलियम पदार्थमा मिसावट गरेकाे भन्दै स्थानिय प्रशासनले शिलबन्दी गरेको छ।

डिजेलमा पानी मिसाएको उजुरी परेपछि वीरगञ्जको वाईपास रोडस्थित उक्त पेट्रोल पम्पमा सिलबन्दी गरिएको हो। जिल्ला प्राशासन कार्यालय पर्सा, गुणस्तर तथा नापतौल विभाग क्षेत्रिय कार्यालय, उपभोत्ता हित संरक्षण मञ्च वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्साको को संयुक्त टोलीले पम्पमा शिलबन्दी गरेको हो।

पम्पमा सिलबन्दी पश्चात डिजेलको नमुना लिएर परीक्षणको लागि काठमाडौं पठाइने गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशिभूषण यादवले जानकारी दिए। संकलित नमुना परिक्षणको रिपोर्ट आएपछि पम्प सञ्चालकलाई आवश्यक कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए।

यसअघि पनि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले पेट्रलीयम पदार्थमा मिसावट गर्ने विभिन्न पप्पहरुलाई कारवाहीमा गरिसकेकाे छ।

फाल्गुन २, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्