टफउड इन्डियाद्वारा उत्पादित प्लाइउड नेपालमा भित्रियो

काठमाडौँ– भारतको प्रिमियर प्लाइउड कम्पनी टफउड इन्डियाद्वारा उत्पादित प्लाइउड नेपालमा भित्रिएको छ।
नेपालका लागि आधिकारिक विक्रेता जसी एक्साइमले नेपाली बजारमा यसको विक्री बितरण शुरु गरेको हो। यो ब्राण्डको प्लाइउड भारतीय बजारमा लोकप्रिय छ।
टफउडको गोल्ड ब्राण्डको यो प्लाइउड नयाँ प्रविधिको प्रयोग गरि उत्पादन गरिएको छ। यो प्लाइउड गुणस्तरीय रहेको बताइएको छ।
यो प्लाइउड १६ एम.एम, १९ एम.एम, २२ एम.एम र ३२ एम.एममा उपलब्ध छ। प्लाइउडको बजारमा टफगोल्ड गुणस्तरीय र टिकाउ हुने बताइएको छ।
नेपालको वातावरणलाइै मध्यनजर गरि डिजायन तथा उत्पादन गरिएको हुँदा यो प्लाइउड नेपालको हरेक क्षेत्रको हावापानी सुहाउदो रहेको छ साथसाथै सिकर्मीहरुको पहिलो रोजाइमा यो टफउड प्लाई रहेको कम्पनीले जनाएको छ ।